काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४४ हजार ५३१ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २९ हजार ५२०, भक्तपुरमा ५ हजार २८८ जना र ललितपुरमा ९ हजार ७२३ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ७४ हजार ६५३ मा झरेको छ ।





















