गोरखा । सोनाम ल्होसारको अवशरमा नेपाल सरकारले भोली (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायको (बाघ बर्ष) ल्हो बर्ष मनाउन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल सरकार अन्रर्गतको गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बुधबार ‘सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने’ नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको जनाएको छ ।





















