काठमाण्डौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बालुवाटार बोलाएका छन् ।
बालुवाटारमा आज ३ः०० बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच कुराकानी हुने कार्यक्रम तय भएको हो ।
‘प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग स्थानीय तहको चुनावबारे परामर्श गर्ने छ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।
सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरे लगत्तै प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरु संग बसेर छलफल गर्न लागेको हो ।
स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल जेठ ५ मा सकिने भएका कारण त्यसभन्दा पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने तर्क आयोगले राख्दै आएको छ ।


