दोलखा । सोनाम ल्होसारको अवशरमा शैलुङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायको बाहुल्य रहेको शैलुङमा पालिकाले आउदो बुधबार, बिहीबार र शुक्रबार सोनाम ल्होसार मनाउन बिदा दिने निर्णय गरेको हो ।
तामाङ समदुायको (बाघ बर्ष) ल्हो बर्ष भब्य रुपमा मनाउन पालिकाल ३ दिनको बिदा दिने निर्णय गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
कोरोना महामारीका कारण तामाङ समुदायलाई स्वास्थ्य मापदण्ड पालना गरेर घरघरमै बसेर पर्व मनाउन पालिकाले आग्रह समेत गरेको छ ।


