बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ३ सतपतियामा आगो तापीरहेका ५ जना माथी टिपर कुदाउदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते छन् ।
सोमबार राती ८ः०० बजे भे. १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको बर्दिया प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा ९ः४५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोम गंभिर अवस्थमा उपचार भइरहेको छ ।


