तनहुँ । ट्रकले ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ देउरालीमा सोमबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा व्यास नगरपालिका ५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लु. १ ख ९८३२ नम्बरको ट्रकले ग. १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
रासस




















