काठमाण्डौं । काठमाण्डौं महानगरपालिका ६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिकामा बिङ्गो खेली रहेका ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको हो ।
उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने स्थानियको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौं र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त प्रहरीको टोलीले उनीहरूलाई नगद ६ लाख १९ हजार २५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।
बिङ्गो खेलाउने र खेल्नेहरुका बिषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


