काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का नेता दुमनसिंह थापाको उपचारको क्रममा निधन भएको छ ।
पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति उपचारको क्रममा निधन भएको हो ।
मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा निधन भएपछी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुःख व्यक्त गरेका छन् ।
थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए । नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए ।


