काठमाण्डौ । केही दिन यता संक्रमण दर घटेको भएता पनि मृत्यु दर उच्च देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको कोरोना विवरण अनुसार ३ हजार ५४० जनामा संक्रमण देखिदा संक्रमणकै कारण ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज देशभर ३२ जनाको मृत्यु भएको छ। शनिबार कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७३५ पुगेको छ।
देशभर विभिन्न प्रयोगशालामा गरिएको १३ हजार १४५ जना नमूना परिक्षणका क्रममा आइतबार थप ३ हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज संक्रमण देखिएका मध्ये ९ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी आइतबार नै थप ६ हजार ३५९ जनाले कोरोना जित्न सफल भएका छन् । आइतबारसम्म देशैभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।




















