सिन्धुली । आफ्नै भाइ ३० वर्षीय कुमार दाहाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा कमलामाई नगरपालिका ५ चिसापानी बस्ने ३५ वर्षीय दिपक दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
दिपकले आफ्नै भाइलाई खुकुरी प्रहार गर्दा घाइते भएको खबर स्थानियले गरे लगत्तै घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घाइते कुमारको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेलतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।


