साँकेतिक तस्बिर
पोखरा । पोखरा महानगरपालिका ३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका १५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौंबाट पोखरातर्फ आउदै गरेको ग. १ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेको सुनार र सुनका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


