एजेन्सी । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।
राष्ट्रिय मौसम विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ ।
हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले आग्रह समेत गरेको छ । धेरै हिमपात र हावाहुरी चलेपछि ५ राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ ।
न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । अमेरिकाका ७ करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ ।
भारी हिमपात र हुरीका कारण ५ हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छ । ४ वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ ।


