काठमाण्डौं । नोलब कोरोना भाईरस (कोभिड–१९)बाट आज थप ४ हजार ९०४ जनामा संक्रमण देखिएदा सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ मा झरेको छ । देशभर १४ हजार ५६२ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप ४ हजार ९०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये १० हजार १०१ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ३१८ जना र ६ हजार ४६१ जनाको एन्टिजेन परिक्षण गर्दा १ हजार ५८६ जनामा संक्रमण देखिएको छ । योसंगै संक्रमितहरुको कुल संख्या ११ लाख ३ हजार ८३६ पुगेको छ ।
शनिबार नै थप ५ हजार ९२४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ४८ हजार ३६० जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ६ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७०३ जना पुगेका छन् ।



