काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ५२ हजार ७६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३७ हजार ३४, भक्तपुरमा ५ हजार ६०५ जना र ललितपुरमा १० हजार १२५ जना संक्रमित रहेका छन् ।
नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ८७ हजार ३२९ पुगेको छ ।



