झापा । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा आफ्नै बाबुले चलाएको ट्याक्टरले च्यापिदा आज २ वर्षीया छोरीको ज्यान गएको छ ।
घरमा पार्किङ गरेर राखेको मे. १ त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी २ बर्षिया आरोषी दुलाल घाइते भएकी थिइन् ।
घाइते बालिकालाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको भएता पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




















