एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, दाजु, दिदी र बहिनीको हत्या गरेका छन् ।
बालकले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।
राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यहरुको शव फेला परेको थियो । प्रहरीका अनुसार अघिल्लो हप्ता काहना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको शव भेटिएको थियो ।
प्रहरीका अनुसार घटनामा सुरक्षित नाहिदका १४ वर्षीय छोरा नै हत्यारा निस्किए । प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो । उनले खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार गरेका छन् ।
लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोक पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
दिनभर पब्जी खेल्ने आदतका कारण आमाले गाली गरेपछि दराजमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या गरेको अर्को दिन बिहान उक्त बालक चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको हत्या भएको कुनै जानकारी नभएको बताएका बयान दिएका थिए ।



