धरान । धरानमा कोभिडविरुद्धको खोप लगाएकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको हो ।
उनलाई १४ गते मात्र संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी संक्रिमत महिलालाई मधुमेहको समस्या भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुडामणी पोख्रेलले जानकारी दिए ।




















