काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालमा गरिएको १९ हजार ८६९ जनाको नमूना परिक्षणका क्रममा थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण भएका मध्ये १३ हजार ७९१ जनाको पीसीआर गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टी भएको छ । योसंगै संक्रमितहरुको कुल संख्या १० लाख ६८ हजार ९३२ जना पुगेको छ ।
शुक्रबार नै थप ५ हजार ४३२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १० जनाको ज्यान गएको छ । योसंंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको विवरण अनुसार देशैभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको छ ।




















