काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय बिहीबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३८ हजार ८५९, भक्तपुरमा ५ हजार ६१४ जना र ललितपुरमा १० हजार ३९० जना संक्रमित रहेका छन् ।
नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ९० हजार ५७६ पुगेको छ ।



