काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभि८–१९)बाट आज थप ८ हजार १७ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ८०८ जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप ८ हजार १७ जनामा संक्रमण देखिएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये १५ हजार ७३६ जनाको पीसीआर गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण देखिएको हो । योसंगै नेपालमा संक्रमितहरुको कुल संख्या १० लाख ६२ हजार १०५ जना पुगेको छ ।
बिहीबार नै थप ५ हजार २९२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १५ जनाको ज्यान गएको छ । योसंगै संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म ९० हजार ५७६ जना सक्रिय रहेको जानकारी दिएको छ ।



