एजेन्सी । भारतको नयाँ दिल्लीमा कोरोना महामारीका कारण लगाउदै आएको कफ्यू हटाइएको छ । संक्रमणको दर घटेपछि दिल्ली सरकराले केही प्रतिवन्धहरु कायमै राख्दै कफ्यू हटाएको हो । जस अन्तरर्गत दिल्लीमा विकेण्ड कर्फ्यू हटाइएको छ ।
अब भने दिल्लीमा अब ५० प्रतिशत क्षमतासहित सिनेमा हलहरु सञचालन गर्न पाउने छन् । दिल्लीमा पछिल्लो समय संक्रमणको दर कम हुदै आएको छ ।
कोरोनाको घट्दो दरलाई मध्यनजर गर्दै दिल्लीमा प्रतिवन्धहरु कम गर्ने माग गर्न थालिएको थियो । बिहिबार आपदा प्रवन्धन प्राधिकरणको बैठकले विकेण्ड कर्फ्यू हटाउनेसहित केही प्रतिवन्धहरु कम गर्ने निर्णय गरिएको हो । तर पनि दिल्लीमा राती राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कफ्यू भने जारी नै रहने छ ।
आपदा प्रवन्धन प्राधिकरणको बैठकले विकेण्ड कर्फ्यू, वैवाहिक समारोहमा २०० जनासम्मले सहभागिता जनाउन सक्ने र दिल्लीका सिनेमा हलहरुमा ५० प्रतिशत मानिस मात्र राखेर हल सञ्चालन गर्न पाउने अनुमति दिइएको छ ।
तर प्राधिकरणको बैठकले स्कूल, कलेज तथा एजुकेशन इन्स्टिच्यूटहरु बन्दै रहने निर्णय गर्दै नाइट कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।


