झापा । झापाको चैतुवारीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको बिर्तामोड नगरपालिका २ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका २ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेको मगरका सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















