बर्दिया । बढैयाताल गाउँपालिका ३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे. १० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका ५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँसगढी नगरपालिका ५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका ५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको हो ।
चोरीमा संलग्न परियारको बारेमो आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।




















