मोरङ । बेलबारी नगरपालिका डाँगाबजारमा आफ्नै बुवाको हत्या गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै–झगडा गरी बुबालाई कुटपिट गर्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घटना लगत्तै अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले जयबहादुरलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।


