काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४० हजार १२, भक्तपुरमा ५ हजार ७२८ जना र ललितपुरमा १० हजार ६९ जना संक्रमित रहेका छन् ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ९० हजार ६७ पुगेको छ ।





















