काठमाण्डौं । नोबल कोरोना भाइरसबाट आज ८ हजार ४५४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संक्रमित सहित देशैभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
बुधबार २० हजार ३५९ जनाको नमूना परिक्षणका क्रममा ८ हजार ४५४ जना संक्रमित देखिएको हो । जसमध्ये १३ हजार ५४९ जनाको पीसीआर गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ८८३ जनामा संक्रमण देखिएको छ । योसंगै संक्रमितहरुको कुल संख्या १० लाख ५४ हजार ८८ जना पुगेको छ ।
बुधबार नै थप ४ हजार ४३३ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ३१ हजार ७१२ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ५ जनाको ज्यान गएको छ । योसंगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ जना पुगेको छ ।





















