स्याङजा । आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा पिपलछापबाट प्रहरीले १ ब्यत्तिलाई पक्राउ गरेको छ ।
हत्या आरोपमा सहोदर काका नाता पर्ने चापाकोट नगरपालिका ७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाललाई स्याङजा प्रहरीले पक्राउ गरेको हो ।
ढकालले भतिजी सुबिनालाई ज्यान मार्ने मनसायले जमिनमा पछारी दिदा अचेत भएको र उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।


