काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ९ वटा पीसीआर कलेक्सेन सेन्टर बन्द गर्न निर्देशन दिईएको छ । त्यहाँ सञ्चालित १२ मध्ये ३ वटा प्रयोगशालाले मात्रै स्विकृती लिएको पाइएकोले अरुलाई तत्कालै बन्द गर्न निर्देशन दिईएको हो ।
विमानस्थल क्षेत्रमा सञ्चालित १२ मध्ये तीन प्रयोगशालाले मात्रै परीक्षण अनुमति पाएकाले अनुमति नलिएका प्रयोगशालालाई अबउप्रान्त परीक्षण नगर्न सरकारले निर्देशन दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनका क्रममा सुमेरु अस्पताल प्रालिको ल्याब, स्टार अस्पतालको मनेलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले मात्र अनुमति लिएको पाइएकोले उनीहरुलाई मात्र सञ्चालन गर्न र अरुलाई बन्द गर्न भनेको हो ।
अनुगमनका क्रममा अनुगमन टोलीले अनुमति नलिका टीजी मेडिसिन डिस्टिब्युटर्स, क्रिस्टल डाइग्नोस्टिक प्रालि, अल्फा हेल्थकेयर एन्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक, विध ल्याबलाई बन्द गर्न निर्देशन दिएको छ ।




















