काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार थप १२ हजार ८ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरको विभिन्न प्रयोगशालामा गरिएको २५ हजार ९०९ जनाको नमूना परिक्षणका क्रममा आज १२ हजार ८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज संक्रमण देखिएका मध्ये १८ हजार १०३ जनामा पीसीआर गर्दा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनामा एन्टिजेन परिक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमितहरुको कुल संख्या १० लाख ४५ हजार ६३४ जना पुगेको छ ।
मंगलबार नै थप ३ हजार ४० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख २७ हजार २७९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ८ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको विवरण अनुसार देशैभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।



