काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ५६ हजार ८८२ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४१ हजार ६३३, भक्तपुरमा ५ हजार ५८१ जना र ललितपुरमा ९ हजार ६६८ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ८८ हजार ९३४ पुगेको छ ।





















