सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ पटना भन्ने स्थानमा आफ्नै बाबुले बञ्चरो प्रहार गरेर छोराको हत्या गरेका छन् ।
स्थानीय ६० वर्षीय सोनाई सदायले २० वर्षीय छोरा प्रमेश्वरयको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यायय सिरहाका प्रहरी नाय उपरिक्षक एर्व सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार सोनाईले बञ्चरो प्रहार गरेर छोराको हत्या गरेको आरोपमा उनका बाबु प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















