काठमाण्डौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ ।
निर्वाचनको मिति चाढो घोषणा नगरेको खण्डमा व्यवस्थापन कार्य जटिल बन्ने भन्दै आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगले यसअघि नै १४ बैशाख र २२ बैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।
आगामी बैशाख मसान्तभित्र चुनाव गराउन आयोग तयार रहेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।


