बारा । बारामा बेहुलाको लागि निर्माण गरेको रथ दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार राति आदर्श कोतवाल गाउँपालिका ३ मा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथ दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।
रथ दुर्घटना हुँदा गंभिर घाईते भएका २ जनाको उपचारको क्रममा कलैया अस्पतालमा ज्यान गएको हो । सोही दुर्घटनामा परी अन्य १६ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिम्रौनागढ नगरपालिका ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्श कोतवाल ७ की १६ वर्षीया निलम कुमारी राम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।


