तनहुँ । तनहुँ को ऋषिङ गाउँपालिकामा दाउरा संलकन गर्न जंगल गएका १ जना बृद्वको करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको ऋषिङ गाउँपालिका ८ बस्ने ७२ वर्षीय दलबहादुर रानाको करेन्ट लागेर ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको अजम्बरी सल्लाघारी जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाईनमा छुन पुग्दा रानालाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
नेपाल बिद्युत प्राधिकरणले प्रशारण लाइन जंगलबाट लगेको भएता पनि निकै होचो स्थानबाट लादा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।




















