काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ५२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ५२ हजार ८४२ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३८ हजार ५८१, भक्तपुरमा ५ हजार २१० जना र ललितपुरमा ९ हजार ५१ जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ८२ हजार ५५० पुगेको छ ।



