काठमाण्डौं । सोमबार नोबल कोरोना भाइरसका संक्रमितहरु १० हजार भन्दा बढी थपिए संगै देशैभर ८२ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
देशैभरको विभिन्न प्रयोगशालामा २१ हजार २०१ जनाको नमूना परिक्षणका क्रममा आज थप १० हजार ३१९ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितहरुको संख्या १० लाख ३३ हजार ६२६ जना पुगेका छन् ।
सोमबार नै थप २ हजार ५४० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये थप ४ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार दशैभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।



