दाङ । दाङको घोराही कारागारका फरार कैदी नाइके पक्राउ परेका छन् । घोराही कारागारबाट गत पुस ८ गते उपचारको वहानामा प्रहरीकै मोटर साइकल लिएर फरार रहेका यामराज परियारलाई दाङ प्रहरीले नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नाइके यामराजलाई बाँकेस्थित भारतको सीमा क्षेत्रबाट पक्राउ गरेर दाङ ल्याइएको हो । पक्राउ परेका परियारमाथि थप सोधपुछ भइरहेको र केही बेरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । यामराज जन्मकैद सजाय भोगिरहेका कैदी हुन् ।
कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको बताइएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ को बेलदमार जंगलमा फेला परेका थियो ।


