काठमाण्डौं । हाँस्य कलाकार मनोज गजुरेललाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल पुनः संक्रमित भएका हुन् ।
आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन, उनले लेखेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरमा गत कात्तिकमा संक्रमित भएपछि गजुरेल ११ दिनसम्म अस्पतालको आईसीयूमा उपचार पछि घर फर्किएका थिए ।



