काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ४९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४९ हजार ८४९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३६ हजार २३८, भक्तपुरमा ४ हजार ९११ जना र ललितपुरमा ८ हजार ७०० जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबार सम्म सक्रिय संक्रमितको संख्या बढेर ७७ हजार ४० पुगेको छ ।



