काठमाण्डौँ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारसम्म उच्च दरमा देखिएको संक्रमण आइतबार ह्वात्तै घटेको छ ।
देशैभरको विभिन्न प्रयोशालामा १७ हजार ४३७ जनाको नमूना परिक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण देखिएका मध्ये १३ हजार ३७७ जनामा गरिएको पीसीआर गर्दा ५ हजार ५९८ जनामा र ४ हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार आइतबारसम्म देशभर सक्रिय संक्रमितको ७७ हजार ४० जना पुगेको छ ।





















