कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै १ जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुने ब्यक्ति कैलारी गाउँपालिका ४ का ५३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन ।
उनले आइतबार कैलाली गाउँपालिका ४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।




















