मकवानपुर । मकवानपुर प्रहरीले ३१ कठ्ठामा लगाएको गाँजा र अफिम खेती नष्ट गरेको छ ।
जिल्लाको बकैया गाउँपालिका ६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा र फिम खेती शनिबार प्रहरीले नष्ट गरेको हो ।
स्थानियको सूचना अनुसार उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले २९ कठ्ठामा लगाएको गाँजा र ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


