काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनको सचिवालयले दिएको हो ।
ओलीको एन्टिजेन र पीसीआर दुवै परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ओलीकी पत्नी राधिकालाई समेत संक्रमण पुष्टि भएको छ ।
दुवैजना अहिले भक्तपुरको बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् ।




















