काठमाण्डौ । साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको भाउ केही घटेको छ । सुनको तोलामा ३०० रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार आइतबार सुनको भाउ तोलामा ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।



