तस्बिर स्रोत : नवजनप्रहार
ललितपुर । ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट गए राती मूर्ति चोरी भएको छ । आज बिहान मन्दिरमा पुजारी पुजा गर्न जादा मुर्ति नदेखे पछि चोरी भएको थाहा भएको हो ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार बालकुमारी मन्दिरको मूर्ति चोरी भएको जानकारी आएलगत्तै ब्यापक रुपमा खोजी शरु गरिएको छ । ३०० सय बर्ष पुरानो उत्त मुर्ति २ फिट अग्लो रहेको पनि प्रहरीले जनाएको छ ।



