एजेन्सी । रुस र युक्रेनबारे टिप्पणी गरेका जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।
उनले गरेका टिप्पणीका बिषयमा बिरोध हुन थाले पछी जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थियो । उनको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिन बाध्य भएका थिए ।
रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा १ लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ ।
पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमणको तयारीको रुपमा बुझेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको कुनै पनि योजना नरहेको दाबी गर्दै आएको छ ।


