काठमाण्डौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन् ।
पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते निधन भएको थियो । उनको शनिबार अन्त्यष्टि गरिएको हो ।
सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको निधनमा देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
सर्वोच्चको निर्णयअनुसार, आज सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द रहने भएका छन् ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा निधन भएको थियो । उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ चैतदेखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश भएका थिए ।




















