रुपन्देही । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका ९ बस्ने २६ वर्षीय सुवाष यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका १३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


