सुनसरी । सुनसरीको भोक्राहामा आफ्नै श्रीमतीलाई तरबारले हानेर हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका १ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउले आफ्नी ३० वर्षीया श्रीमती चन्द्रकला उराउलाई तरवार प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















