काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४७ हजार २४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३४ हजार १५९, भक्तपुरमा ६ हजार ६४५ जना र ललितपुरमा ८ हजार २२० जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबार सम्म सक्रिय संक्रमितको संख्या बढेर ७२ हजार ८६२ पुगेको छ ।



